नेपालविरुद्ध भुटानलाई सुरुवाती अग्रता

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाल पछि परेको छ । काठमाडौंको दशरथ रंगशालमा खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका छन् ।

यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार