नुवाकोटबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

नुवाकोट । प्रहरीले किस्पाङका एक पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् । उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार