आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् । सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो ।

यो सुविधा केही समय पश्चात् लाइभ हुनेछ र लागु गरे पश्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने जनाइएको छ  ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार