संसदमा जात्रा देखिएको छ : रामकुमारी झाँक्री

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन् । संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले जात्रा देखाएको भन्दै उनले आपत्तिसमेत जनाईन ।

बुधवार काठमाण्डौमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन ।

सचिव झाँक्रीले ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याइन । उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिकको पक्षमा काम गर्नुपर्ने बताइन ।

सचिव झाँक्रीले भनिन्, ‘संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले नागरिकलाई निराश बनाएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार