प्रदेश २ मा ३ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाने, आजै साँझ सपथ

प्रदेश २ को सरकारमा नेपली कांग्रेस तीन मन्त्रालय लिएर सहभागी हुने भएको छ । थपिएका मन्त्रीको सपथ आज साँझ साढे ७ बजे हुने भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन् । स्रोतका अनुसार यादवले भौतिक मन्त्रालय, शर्माले खानेपानी तथा सिँचाई र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाएको बुझिएको छ ।

बुधबार जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ का सरकारमा सहभागी हुन काँग्रेस औपचारिक रुपमा सहमत भएको हो । जसपा र काँग्रेसबीच बुधबार २ बुँदे सहमति पनि भएको छ ।

जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ । सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार