इटालियन सिरी ‘ए’ : युभेन्ट्सको सहज जित

इटली । डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । स्टुडियो एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए ।

फावियो मिरेटीलाई पेनाल्टी बक्समा हान्स निकोलुसी काभिग्लियाले फउल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्ने मौका दिएका थिए, जसमा युभेन्टसका डुसान गोल गर्न चुकेनन् ।

उता, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए । उनले डुसानको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । डुसानले ४७ औं मिनेटमा निकोलो फाजिओलीको पासममा गोल गर्न सफल भए ।

यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ भने पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार