सन्दीपलाई थुनामै राख्न माग गर्दै रिट दर्ता

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । नाबिगमाथि बलात्कारको आरोप लागेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर गर्नसमेत रिटमा माग गरिएको हो ।

वादी रहेको नेपाल सरकारको तर्फबाट नायब महान्यायधिवक्ताद्वारा दायर गरिएको रिटमा उच्च अदालत पाटनबाट पुस २८ गते भएको आदेशमा प्रतिवादी सन्दिप लामिछानेलाई शर्तहरु सहितको २० लाख रुपैयाँ नगद धरौट वा बैंक जमानत लिई तारेखमा राख्ने आदेश उपर चित्त नबुझेकोले तत्काल प्राप्त तथ्य र प्रमाणबाट तत्काल कसूरदार हुन भन्ने विश्वास गर्ने मनासिव आधारहरुका आधारमा उक्त आदेश बदर गरी प्रतिवादीलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने बताइएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानतमा लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानून रहेकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनु पर्ने भनी आफूलाई प्राप्त अधिकारक्षेत्र भन्दा बाहिर गई विधायिकी मनसाय विपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश वेरीतपूर्ण हुँदा बदरभागी रहेको रिटमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार