कामना सेवा विकास बैंकका सिइओसहित चार जना पक्राउ

कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा हरेन्द्र दाहाल (ऋणी), चन्द्रबहादुर थापा (ऋणाी) र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । प्रहरी कार्यालय दमकका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको हो । प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो । ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए ।

कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत प्रहरी सम्पर्कमा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार