कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत प्रहरी सम्पर्कमा

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत प्रहरीको सम्पर्कमा आएका छन् । ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीइओ बस्नेत प्रहरीसमक्ष आफैँ पुगेका हुन् । बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान पनि लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप गरेको छ । अदालतले दिएको समयमा बयान लिने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

बैंकका सीईओ बस्नेतसहित १५ जनाको मिलेमतोमा करोडौँको कर्जा अपचलन भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निर्देशनमा झापाको दमक प्रहरीले केही दिनअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो  । त्यसपछि यो प्रकरण उत्कर्षमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार