अमेरिकी उपमन्त्रीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन्।

आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्याण्डले सोमबार शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछिन्। भेट बालुवाटरमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए।

त्यसलगत्तै उनले ११ बजे सिंहदरबार पुगी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गर्नेछिन्। यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। ​नुल्याण्डले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार