अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा, को-को भेट्दैछिन् ?

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्नेछिन् ।कूटनीतिक स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ ।

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार