डिशहोमको अध्यक्षमा भट्टचन

डिस मिडिया प्रालि (डिशहोम) को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई डिशहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए ।

ढकाल भन्दा अघि भट्टचन २०७५ सम्म डिसहोमका अध्यक्ष रहेका थिए । पछि उनले प्रभु टेलिभिजन ल्याएपछि डिस मिडियाको अध्यक्ष तथा संचालक समिति पदबाट राजीनामा गरेका हुन् । उनी प्रभु टीभीका संस्थापकसमेत हुन् । प्रभु डिसहोममा मर्ज भइसकेको छ ।

व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) नेपालको पे टिभी इन्डष्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठुलो कम्पनी हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार