गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।“गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौं,” ती नेताले भने, “गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।”

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार