विश्व भोकमरी सूचकाङ्‍क : नेपालको अवस्था सुधारोन्मुख

काठमाडौं । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।

नयाँ सूचकाङ्‍कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ । जहाँ नेपालले १९.१ अंकका साथ ८१औं स्थानमा छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ ।

दक्षिण एशियामा नेपाल अन्य मुलुकको तुलनामा माथि देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् ।

बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०.९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार