प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्तिविरुद्ध मुद्दा दायर

काठमाडौं । प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ । अधिवक्ता स्वागत नेपालको टोलीले मुद्धा दायर गरेको हो ।

अधिवक्ता नेपालसहितको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सुरुमा तीनकुने प्रहरी कार्यालय पुगेका उनीहरुको जाहेरीमा सरकारको विरुद्ध भएको भन्दै तीनकुने प्रहरीले संसोधन गर्न लगाउँदै दर्ता गर्न नमानेपछि आफूहरु जाहेरी दता गर्न जिल्ला प्रहरी परिसर पुगेको अधिवक्ता नेपालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार