वायुसेवाका कर्मचारीलाई मन्त्री किरातीले भने: काम गर्न नसके राजीनामा दिनु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।

किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’ उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार