घनश्याम भुसाल भन्छन्– फेरि हाम्राविरुद्ध अनर्गल प्रचार गर्न एउटा समूह नै लाग्यो

एमाले नेता घनश्याम भुसालले फेरि अनर्गल प्रचार सुरु भएको बताएका छन् । एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको उनले बताएका छन् ।

भुसालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन । त्यसवेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार