उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

उदयपुरमा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा स्थानीय ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार