विश्वकप छनोटमा ब्राजिलको लगातार पाँचौ जित, इक्वेइडरलाई २-० गोलले हरायो

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलले लगातार पाँचौ खेलमा जित निकालेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेइडरलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

छनोट खेलामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको ब्राजिलका लागि इक्वेइडरविरुद्धको खेलामा रिचार्लीसनले पहिलो अग्रता दिएका थिए । उनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै, नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा ब्राजिल शीर्ष स्थान छ । उसले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोडेको छ । तीन खेलमा जित र दुई खेलमा बराबरी खेलेको अर्जेन्टिना ११ अंकसहित दोस्रो स्थानमा छ । ९ अंकसहित तेस्रो स्थानको इक्वेइडर छ भने पाराग्वे चौथो र उरुग्वे पाँचौ स्थान छन् । दुवै देशको समान ७/७ अंक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार