तपाई सिक्स प्याक बनाउन चाहानुहुन्छ ? अब यस्तो गर्नुहोस्

तपाई सिक्स प्याक बनाउन चाहानुहुन्छ ? अब यस्तो गर्नुहोस्

शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ । तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, आफ्नो शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारीविना र दक्ष फिट्नेस गुरुविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्दैन । फिट्नेस सेन्टर जानुभन्दा पहिला आफ्नो शरीरको…

Read More

यी ८ खानेकुरा खाने गर्नुहोस् तपाईको आँखा निकै तेजिलो हुन्छ !

यी ८ खानेकुरा खाने गर्नुहोस् तपाईको आँखा निकै तेजिलो हुन्छ !

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस : हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । जिरा जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहँु खाने । सुकुमेल तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहँु पिउने । अमला अमला पकाएर तयार पारेको…

Read More

काठमाण्डौमा सक्रिय गुण्डाहरुको यसरि भयो बर्गिकरण, हेर्नुहोस् को को हुन १ सय ३२ गुण्डा

काठमाण्डौमा सक्रिय गुण्डाहरुको यसरि भयो बर्गिकरण, हेर्नुहोस् को को हुन १ सय ३२ गुण्डा

प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ । काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने जस्ता कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् । नेपालको राजधानी सहर काठमाडौँ उपत्यकाको पार्किङमा मात्रै गुण्डाराज छैन, ठेक्कापट्टा, होटल व्यवसायलगायतका…

Read More

नेपालमा अब जहाजभित्रै सग्रहालय, हेर्नुहोस निशुल्क प्रवेशको व्यवस्था (भिडियोसहित)

नेपालमा अब जहाजभित्रै सग्रहालय, हेर्नुहोस निशुल्क प्रवेशको व्यवस्था (भिडियोसहित)

एक व्यक्तिको सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ। इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याएको उक्त म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ। टर्किस एयरको एयरबस-३३० लाई एभिएसन म्युजियम बनाइएको हो। करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो। सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०सँग सहकार्य गरेर संग्रहालय बनाएको हो। जम्मा आठ महिना उडेको उक्त…

Read More

बाग्लुङमा सामुहिक यौनकार्य गर्न नमानेपछि युवतीको हत्या

बाग्लुङमा सामुहिक यौनकार्य गर्न नमानेपछि युवतीको हत्या

बागलुङमा सामूहिक यौनसम्पर्क गर्न नमान्दा एक युवतीको हत्या भएको छ । जिल्लाको गलकोट नगरपालिका–५ लाम्पाटाकी ३५ वर्षीया एक युवतीको हत्या अभियोगमा प्रहरीले स्थानीय ५७ वर्षीय खिमबहादुर निउरे र ३१ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ । असोज २५ गते मदिराको नसामा रातभर सँगै बसेका उनीहरूबीच सामूहिक यौन सम्बन्धको क्रम चल्दा युवतीले नमानेपछि निउरे र रेग्मीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । दरमखोलामा तन्नाले पोको पारेर फालिएको अवस्थामा युवतीको शव फेला परेको थियो । मृतक युवती र रेग्मीका पति वैदेशिक रोजगारीमा देशबाहिर छन् । गत आइतबार…

Read More

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः अध्यक्ष यादव

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः अध्यक्ष यादव

राजविराज | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताउनुभएको छ । सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले आज राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीबासीको चाहनाले आफूलाई यहाँ तानेर ल्याएको बताउनुभयो । अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी छ भन्नुभयो । उहाँले अहिले २ नं प्रदेश प्राकृतिक स्रोत, साधनबाट वञ्चित गराइएकाले यसलाई समृद्ध र शक्तिशाली बनाएर अन्य ठाउँलाई पनि यसमा ल्याउन संघर्ष गर्न जरुरी रहेको बताउनुभयो । प्रादेशिक…

Read More

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन माग

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन माग

दमक | पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् । राष्ट्रिय पुनर्मिलन समिति, भुटानले आज शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका हुन् । तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका इच्छुक शरणार्थीलाई स–सम्मान स्वदेश फर्काउन समितिको माग छ । आफ्नो देश फर्कन इच्छुक भुटानीलाई भुटानले पनि अब फिर्ता लानुपर्ने र त्यसका लागि दातृनिकायले त्यसमा विशेष सहयोग पु-याइदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ । समितिका अध्यक्ष कृष्णवीर तामाङले जारी गरेको ज्ञापनपत्रमा तेस्रो मुलुक पुनर्वास प्रक्रियामा सहभागी हुन…

Read More

वाम गठबन्धनबाट छिट्टै पार्टी एकता: नेता नेपाल

वाम गठबन्धनबाट छिट्टै पार्टी एकता: नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल तथा एकता प्रयास देखेर नेपाली काँग्रेस विचलित भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा उहाँले लोकतान्त्रिक भनिएका शक्तिको नेतृत्वको अक्षमता, अदूरदर्शीता र पूर्वाग्रहका कारणले मुलुकको राजनीतिमा पतन अवश्यम्भावी रहेको बताउनुभयो । नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले छिट्टै पार्टी एकताको स्वरुप ग्रहण गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “त्यही पार्टीसँग काँग्रेसले सरकार बनाउँदा लोकतन्त्रको पक्षमा हुने अनि एमालेले सहकार्य गर्दा अलोकतान्त्रिक भयो भन्नु कहाँसम्मको जायज कुरा…

Read More

किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युुवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युुवक पक्राउ

अखिलेश यादव, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका ७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुुमार दानीले जानकारी दिए।अभियुुक्त दुवैउपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उनले जानकारी दिए। बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी उक्त १६ वर्षीया किशोरीलाई अभियुुक्तले ललाइफकाइ जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। पीडित किशोरीको मेडिकल जाँचपछि अभियुुक्त दुवै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बिहीबार साँझ…

Read More

उदयपुरमा क्षेत्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न (फोटो फीचर सहित)

उदयपुरमा क्षेत्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न (फोटो फीचर सहित)

अभिमन्यु लामिछाने, उदयपुर । उदयपुरको कटारीमा क्षेत्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७४ का लागि तेक्वान्दो खेलमा सहभागिता जनाउन पूर्वाञ्चल स्तरीय छनौट प्रतियोगिता कटारीमा शुक्रबार सुरु भएको थियो । शनिबार सम्पन्न भएको प्रतियोतिामा पूर्वाञ्चलका १६ जिल्लाका तेक्वान्दो खेलाडीहरुले प्रतिष्पर्धा गरेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक घनश्याम बुर्जा मगरले बताए । प्रतिष्पर्धाबाट २४ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि छनौट भएका छन। कटारीको खेल मैदानमा भएको पुम्से पुरुष तर्फ १६ बर्ष मुनि सुरेश राई (सुनसरी),२० बर्ष मुनि वीबेक राई (सुनसरी),२० बर्ष माथि सुन्दर लोवा (झापा) प्रथम भए…

Read More