काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुग्यो

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको बताइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडिसिडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार