काठमाडौंमा बालेन १९ हजार ६१५ मतले अगाडी, स्थापित तेस्रो स्थानमा

काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि छन् । बालेन्द्र साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याएकी छिन् ।

महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २६ हजार आठ सय ६१ मत प्राप्त गरेका छन् । महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार