काठमाडौँ महानगरमा स्थापितभन्दा बालेन साढे १२ हजार मतले अगाडि

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २६ हजार ९२८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा १२ हजार ७६३ मत बढी हो । स्थापितले हालसम्म १४ हजार १६५ मत पाएका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मतगणना भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार