१५ वर्ष अघि दुर्घटनामा परेको हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ । हिमाल सफाइमा निस्केको सेनाको टोलीले सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर फेला पारेको हो ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार हेलिकप्टरभन्दा केही पर दुई वटा शव पनि फेला परेका छन् । ती शवको पहिचान भने नभएको उनले बताए । प्रवक्ता पौडेलका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर धौलागिरी बेस क्याम्पबाट एक किलोमिटर टाढा भेटिएको हो ।