गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, दीपक मनाङे बने खेलकुदमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे) युवा तथा खेलकूद मन्त्री भएका छन् । उनले केही बेरमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन् ।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार