प्रदेश १ बाट राष्ट्रियसभामा एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४ हजार ४८८ मतभार प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो । थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसको मतभार १६८ छ ।

मतभार बराबर आएपछि निर्वाचन आयोगसँग दुई विकल्प रहने बताइएको छ । जसअनुसार कि त गोलाप्रथा वा पुनःनिर्वाचन हुने प्रावधान रहेको आयोगका एक सदस्यले बताए ।

यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार