ललितपुरमा आगलागीबाट एकै परिवारका ४ जनाको मृत्यु

ललितपुरमा आगलागीबाट एकै परिवारका चार जनाको जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पाटनको मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

म्ह: पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगो सल्किएको र पछि ग्यास विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार