पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार