तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य वृद्दि भएको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा तोकिएको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार