नेपालमा शुक्रबार १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ को मृत्यु

नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै  कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ५ सय ५० सङ्क्रमित कोरोनामुक्त हुँदा ७ लाख ५८ हजार ५ सय ४ सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा २० हजार २ सय ८७ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार