सुनसरी ४ मा रोकिएको मतगणना सुरु

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । आज मङ्गलवार बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएको हो ।

शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाउनुभएको छ ।

कार्कीले छ सय छ मत गडबड भएको भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गन्न निर्देशन दिएपछि आजदेखि गणना सुरु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार