सुनसरी ३ मा भगवतीको अग्रता, पछि परे विजयकुमार गच्छदार

विराटनगर – सुनसरी–३ मा अब ३० हजार ४६४ मत गन्न अझै बाँकी छ। प्रतिनिधिसभा सदस्यका लागि बिहान ९ बजेसम्म नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार १६४ मतका साथ अग्रता कायमै राखेकी छन्।

हालसम्म ६७ हजार १०५ मतगणना हुँदा चौधरीका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २४ हजार ७९२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ३७२ रहेको छ।

अहिलेसम्म ६३ हजार ६२५ मत सदर भएको र ३ हजार ४८० मत बदर भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार