स्मार्टच्वाइस टेक्नोलोजिज  र सनराइज बैङ्कबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सनराइज बैङ्क लिमिटेड बिच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यू आर  प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

सेवा विविधीकरणको यो नयाँ आयाम पश्चात् सनराइज बैङ्क लिमिटेडका ग्राहकहरूले बैङ्कको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट  प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर  मार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैङ्कको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार