भक्तपुर १ मा प्रेम सुवाल भारी मतान्तरले विजयी

काठमाडाैँ- भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल भारी मतान्तरसहित विजयी भएका छन्।सुवालले फराकिलो जित दर्ता गराउने क्रममा नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ८०० मतले पराजित गरेका हुन्।

त्यहाँ सुवालले ४२ हजार ७६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका गेलाल ११ हजार ९६८ मतमा समेटिएका छन्। त्यस्तै यहाँ नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५२ सय ८३ मत ल्याएका छन्।

यस्तै भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। त्यहाँ एमालेका युवा नेता महेश बस्नेत पराजित भए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार