उपल्लो डोल्पामा निर्वाचनमा खटिएका कर्मचारी अल्पत्र

'खाद्यान्न उपलब्ध गराउन नसक्ने स्थानीय प्रतिनिधिको चेतावनी'

सुर्खेत – उपल्लो डोल्पामा मंसिर ४ गते चुनावमा खटिएका कर्मचारी समस्यामा परेका छन्। १२ केन्द्रमा खटिएका कर्मचारीलाई मतदान केन्द्रमै छाडेर मतपेटिका मात्र हेलिकप्टरमा सदरमुकाम ल्याइएपछि कर्मचारीलाई समस्या भएको हो।

केन्द्रका खटिएका सहायक मतदान अधिकृत, म्यादी प्रहरी, सुरक्षाकर्मी सबै उपल्लो डोल्पामै रहेका छन्। कर्मचारीलाई चिसोका कारण स्वास्थ्यमा समस्या देखिएको छ।

शे(फोक्सुण्डोको फोद केन्द्रमा खटिएकी महिला म्यादी प्रहरी बिरामी भएर समस्या भएको र त्यहाँ औषधि नहुँदा चुनौती थपिएको जानकारी गराएको छ।

स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी तथा अन्य सुरक्षाकर्मीलाई खाद्यान्न उपलब्ध गराउन नसक्ने चेतावनी दिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार