विष्टलाई बधाई दिँदै झाँक्रीले भनिन्- ‘जय पराजय सामान्य हो’

काठमाडौँ – एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रूपमा लिएको बताएकी छन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत उनले आफूसँग विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छन् ।

आफ्ना पक्षमा हजारौँ मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताएकी छन् । झाँक्रीले निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् ।

‘पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा ठानेकी छु।’ उनले लेखेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी अराजनीतिकरण (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहिँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार