हिमालय एयरलाइन्सले चिनियाँ खोप नि:शुल्क ओसार्दै

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाभाइरस विरूद्धको खोपमध्ये २ लाख तिब्बत स्वशासित क्षेत्रको सरकारले दिने भएको छ । उक्त खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले निःशुल्क नेपाल ढुवानी गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप हिमालय एअरलाइन्सको ३१९–११५ ९एन–एजेके एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा ४ पटक उडान गरी कूल ४१७ वटा खोपका बक्सहरु ढुवानी गर्ने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार एउटा उडानमा हिमालयले १०५ बक्स ल्याउने छ ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको एयरलाइन्सले जानकारी दिएको छ । यो निःशुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार