भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता, महेश बस्नेत पछ्याउँदै

भक्तपुर क्षेत्र नं २ मा रातिदेखि नै मतगणना सुरु भएको छ । आइतबार राति पौने दुई बजेदेखि मतगणना सुरु भएको हो ।  मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ ।

सुरुवाती परिणाम अनुसार कांग्रेसले अग्रता लिन थालेको छ। कांग्रेसबाट दुर्लभ थापा क्षेत्रीले दुई हजार दुई सय २८ मत पाएका छन्। एमाले‍का महेश बस्नेतले एक हजार ६ सय ३० मत ल्याएका छन्।

त्यस्तै घण्टीले चार सय २४, मादलले दुई सय दुई सय ५० र हलोले दुई सय ३२ मत पाएको छ। अहिले सूर्यविनायक नगरपालिका क्षेत्रको मतगणना गरिएको छ। त्यस अनुसार सूर्यविनायक नगरपालिका ५ कटुञ्जे, सूर्यविनायक ३ कौशलटार, सूर्यविनायक १ सिरुटारको आदर्श जनप्रेमी मतदान केन्द्रको मत गणना भइरहेको हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार