प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्।

सुरुमा फरक क्षमताका दीपेन्द्र गिरीले मतदान गरेपछि थपलियाले दोस्रो मतदान गरेका हुन्। प्रमुख आयुक्त दिनेश थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्।

चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ।

निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन्। मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार