मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ : शंकर पोखरेल

'राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको जिकिर'

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताए । उनले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

मुलुकलाई स्थायित्व, विकास र सम्बृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने दावी पोखरेलको छ ।

‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ ।राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ’, पोखरेलको भनाइ छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार