ओली र प्रचण्डसहित यी नेताले आफैंलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार भएकाले आफैंलाई मतदान गर्न नपाउने भएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैंलाई मतदान गर्न पाउने छैनन् ।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले ५ वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैंलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार