दीपावलीमा न्युयोर्क महानगरले बिदा दिने

काठमाडौँ( आगामी वर्षको दीपावलीदेखि अमेरिकाको न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।

न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन)को अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् । दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार