समानुपातिकको बन्द सूचीबाट हट्यो महराको नाम

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ। आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो । उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए।

माओवादीभित्र सबैभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन् ।

उनी २०६३-०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए ।

२०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट महरा सिफारिस भएका छन् ।

यसै क्षेत्रको लागि नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल पनि एकल सिफारिस भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार