नेसन्स लिग : पोर्चुगलको उत्कृष्ट जित

काठमाडौं – युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले उत्कृष्ट जित निकालेको छ।

गएराति चेक रिपब्लिकको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले ४–० गोलको जित निकालेको हो। पोर्चुगलको जितमा डिओगो डलोटले दुई तथा ब्रुनो फर्नान्डेज र डिओगो जोटाले एक–एक गोल गरे।

खेलको ३३औँ मिनेटमा डलोटको गोलबाट अग्रता लिएको पोर्चुगलका लागि पहिलो हाफको इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफको ५२औँ मिनेटमा डलोटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए भने जोटाले खेलको ८२औँ मिनेटमा गोल गर्दै ४–० गोलको जित सुनिश्चित गरे । यो जितसँगै पोर्चुगल लिग ए समूह २ को शीर्ष स्थानमा पुगेको छ।

गएराति नै भएको यही समूहको अर्को खेलमा स्पेन स्वीट्जरल्याण्डसँग २–१ गोलले पराजित भएको छ। चार वर्षपछि घरेलु मैदानमा पहिलो पटक पराजित भएको स्पेनले स्वीट्जरल्याण्डसँग २–१ गोलको हार व्यहोर्यो। पराजित भएसँगै स्पेनले समूह २ मा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार