गोरखाको बारपाकमा एक सातामा ६ जनाको मृत्यु, स्वाब पठाएको १२ दिनसम्म पनि आएन रिपोर्ट

गोरखाको बारपाकमा एक सातामा ६ जनाको मृत्यु भएको छ । बारपाकमा मंगलबार दुई जनाको मृत्यु भएसँगै एक सातामा ६ जनाको मृत्यु भएको हो ।

मंगलबार कोरोना संक्रमित एक ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये चार जनामा कोरोना पुष्टि भएको थियो । अन्यलाई भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।

घना बस्ती रहेको बारपाकमा कोरोना संक्रमणदर बढ्दो छ । बारपाकमा रुघाखोकी र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी धेरै रहेको गुनासो आएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।

जेठ १ गते पठाएको स्वाबको रिपोर्ट अझै नआएको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए ।

बारपाकमा लक्षण धेरैलाई देखिए पनि परीक्षण गर्न भने स्थानीय निकायले चासो दिएका छैनन् । मृत्यु भएका अधिकांश वृद्धवृद्धा रहेका वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार