५३ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार भदौ महिनामा बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले बढेको हो । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
यस्तै गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।

एनबीएको तथ्यांकअनुसार भदौमा वाणिज्य बैंकहरुले थप १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । योसँगै भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार