एनएमबि बैंकको ऋणपत्र बाँडफाँट

Sunrise Bank Middle Size

एनएमबि बैंकको ऋणपत्र मंगलवार बाँडफाँट भएको छ । कम्पनीले ८ दशमलव ५ प्रतशित व्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गरेको हो ।

कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र जेठ २ गतेदेखि ५ गतेसम्म विक्री खुला गरेको थियो ।

रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको छ ।

कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको छ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...