माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप, वेवसाइटबाट रेमिट्यान्स पाउन सकिने

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेवसाइट मार्फत रेमिट्यान्स पाउन सकिने भएको छ ।

बैंकले मोबाइल बैंकिङ एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिट मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ ।

जस अन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् ।

उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार