प्रभु बैंकद्वारा ४ अर्बको ऋणपत्र निष्कासन, वार्षिक साढे ८ प्रतिशत ब्याज दिने

प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ । मंगलबार (आज)देखि निष्कासन भएको डिबेञ्चरको वार्षिक ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रति कित्ता १ हजार रुपैयाँ अंकितदरका ऋणपत्रको अवधि १० वर्ष अर्थात २०८७ सम्म रहेको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्याटिपल मार्केट्स लिमिटेड रहेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा जेठ १६ र ढिलोमा २६ गतेसम्म तोकिएको छ ।

लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार