नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

काठमाडौं । नबिल बैंकले नेपालकै पहिलो एपमा आधारित नबिल जेन अल्फाको स्किम सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बिच नबिल जेन अल्फा सार्वजनिक गरिएको हो ।

नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरूलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम हो। बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातमा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न पनि सकिने छ।

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्। बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ।

१८ वर्षसम्मका बालबालिका संलग्न हुन पाउने यो प्रोडक्ट मार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ। ‘नबिल जेन अल्फा’ एप प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ।

सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने गरी ‘नबिल जेन अल्फा’ ल्याइएको बैंकले जनाएको छ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नबिल जेन अल्फाका ब्राण्ड एम्बेस्डर प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायतको उपस्थितिमा स्किम सार्वजनिक गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार